
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।
मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
जावलाखेल मंगलाबारदेखि सुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ ।
तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने छ ।










प्रतिक्रिया दिनुहोस्