२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल


52
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको हो । उहाँले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले यद्यपी सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताउनुभयो ।