७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रसंघका महासचिव गुटेरेस गम्भिर भएको पायौं : सांसद पौडेल


559
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको महशुस गरेको बताउनुभएको छ ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको पाएको बताउनुभएको हो । उहाँले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको पनि बताउनुभयो ।

सांसद पौडेलले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राख्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो । गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरुको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ ।