
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताउनुभएको छ ।
मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सभापति राणाले सरकारले छुट्टै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिमा प्रविधिगत विकासमा जोड दिंदै किसानको भुक्तानीमा प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
सभापति राणाले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको १० लाख हेक्टर जमिन अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्