२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले आरोहणका लागि बन्द भएका हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल


221
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले आरोहणका लागि नखुलाइएका हिमालहरु खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिनुभयो । उहाँले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्युनिकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको सांस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भुमिका सह्रानिय रहेको बताउनुभयो । नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नुपरेको कुरा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गर्नु र यसबारेमा विश्वको ध्यानाकर्षण गराउनु नेपालका लागि सन्तोषको विषय भएको बताउनुभयो ।