१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्यटन ऐनहरु समय सापेक्ष बनाउन जरुरी छ : मन्त्री किराँती


65
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन ऐनहरु पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री किराँतीले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताउनुभयो । उहाँले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गर्नुभयो ।

मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभयो ।