
web pic
काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
बुधबार दिउँसो काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
ब्राउनसुगर कारोबारी भन्ने थाहा पाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमणमा उत्रिएपछि प्रहरीले जवाफी फायर गरेको हो ।
पक्राउ परेका व्यक्त भारतीय नागरिक मोहम्मद करीम रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका छन् । उनको तिघ्रामा चोट लागेको छ ।
प्रहरीले एकजना नेपालीलाई समेत पक्राउ गरेको छ । प्रहरीले ती लागुऔषध कारोबारीको साथबाट तीन राउण्ड गोलीसहित पेस्तोल बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्