१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुँदैन : उपकुलपति बास्कोटा


1.222k
Shares

काठमाडौं । त्रिभवुन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताउनुभएको छ ।

बुधबार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताउनुभएको हो । उहाँले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव समेत गर्नुभयो ।

उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । उपकुलपति बास्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसमा उल्लेख्य वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखि विश्वविद्यालयमा रुपान्तरण गर्न आवश्यक रहेको समेत उपकुलपति बास्कोटाको भनाई थियो ।

उपकुलपति बास्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने, जनसंख्याको आधारमा विश्वविद्यालयको संख्या निर्धारण गर्न ढिलाई गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक संकटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुने समेत बताउनुभयो ।