
काठमाडौं । नेकपा एमालेले बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापानको आयोजना गरेको हो ।
पार्टी कार्यालय च्यासलमा आायोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोसपाका अध्यक्ष महन्त ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापानमा सहभागी हुनुभयो । यी बाहेक नेपालका लागि भारतीय राजदुत सहित बिभिन्न देशका राजदुतहरु पनि सहभागी रहेको थियो ।
चियापानमा समारोहमा भेला भएका बिभिन्न दलका नेता कार्यकर्ता लगायत सर्वसाधारणको उपस्थितीले पार्टी कार्यालय खचाखच भरिएको थियो । समारोहमा उपस्थित सबैलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , महासचिव शंकर पोखेरल, पुर्व उपप्रधानमन्त्री इश्वर पोेखरेलले स्वागत गर्नुभएको थियो भने नेता कार्यकर्ताहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको हो । यसअघि सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको थियो ।


















प्रतिक्रिया दिनुहोस्