
काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र युएई भिड्नेछन् ।
यो खेल बिहान ११ बजे मुलपानी मैदानमा सुरु हुनेछ । सोही समयमा त्रिवि मैदान किर्तीपुरमा हुने खेलमा बहराइन र ओमान भिड्नेछन् ।
आज हुने यी दुई खेलका विजेता टोली अर्को वर्ष अमेरिका र वेष्ट इंडीजमा हुने टि–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छानिनेछन् ।
हिजोको खेलमा ओमानसँग ५ रनले पराजित भएपछि समुह ‘ए’ को उपविजेतामा खुम्चिएको नेपालले अर्को समुहको विजेता टोली युएईलाई प्रतिस्पर्धी पाएको हो ।
सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि दोस्रो पटक टी–२० विश्वकप खेल्ने अवसरको खोजीमा छ ।
प्रतिक्रिया दिनुहोस्