२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कोशीमा मन्त्रिपरिषद् बिस्तार, सरकारबाट बाहिरिने एमालेको चेतावनी


4.407k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ

कार्कीले आफू नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई आज मन्त्री नियुक्त गर्नुभएको हो । तर दुबै जनालाई मन्त्रालय भने तोकिएको छैन । गत असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

कार्की नेपाली कांग्रेसबाट बिद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । आज मन्त्रीमा नियुक्त उप्रेती र जवेगूले प्रदेश प्रमुख परशुराम खापुङबाट आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

योसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल पाँच सदस्यीय बनेको छ । माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेले भने कोशी प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । मुख्यमन्त्री कार्कीले भने सबै दललाई समेटेर सहमतीय सरकार बनाउने बताउँदै आउनुभएको थियो ।