२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भूकम्पका बेला सहयोग गर्न भारत तयार छ : भारतीय प्रधानमन्त्री मोदी


1.092k
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको हो ।

मोदीले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँले यस्तो धारणा राख्नुभएको हो ।