२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशबाट नेकपा एमाले बाहिरियो


13.52k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गर्नु भएको थियो ।

सहमति नगरि सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएको हो । गत असोज २७ गते रामबहादुर राना मन्त्री नियुक्त हुनुभएको थियो तर उहाँको जिम्मेवारी भने तोकिएको थिएन ।