
काठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।

हालसम्म भुकम्पमा परेर जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्