२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भूकम्प प्रभावितको उद्धार जारी, घाइतेको उपचार पहिलो प्राथमिकतामा : गृह मन्त्रालय


156
Shares

काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको हो ।

बैठकले घाइतको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास जारी राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँले उद्धार कार्यमा कुनै कमी हुन नदिने गरी काम गरिरहेको बताउनुभयो ।

प्रवक्ता भट्टराईले घाइते तथा त्यहाँको क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले प्रभावित क्षेत्रमा वान डोर प्रणालीबाट राहत दिने र राहत सामाग्री प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरी हस्तान्तरण गरिने बताउनुभयो ।

सरकारकाअनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन् । ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको मन्त्रालयले बताएको छ ।