
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको दाबी गर्नुभएको छ ।
शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको दाबी गर्नुभएको हो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालहरुमा मुलुकको अर्थतन्त्र नकारात्मक रहेको भन्ने हल्लाको कारण मानिसहरुमा त्यस्तो लाग्न थालेको बताउनुभयो ।
तर, मुलुकको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान लागेको अर्थतन्त्रका सूचकहरुले बताएको उल्लेख गर्नुभयो । उहाँले देशले समय समयमा अफ्ठ्यारो परिस्थिति व्यहोर्दै आएपनि अफ्ठ्यारो परिस्थिति सामना गर्दै अर्थतन्त्रका समस्या सम्बोधन गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले सरकारले अर्थतन्त्रका समस्या तत्काल सम्बोधन गरी आर्थिक वृद्धिको परिस्थिति सिर्जना गर्नुपर्ने र सबै नागरिकलाई आर्थिक वृद्धिको पुहँचमा पुर्याउनुपर्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा एकाएक आएको समस्या नभई वर्षौँदेखि समस्या थपिँदै जाँदा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय पर्यटक आगमन, रेमिट्यान्स वृद्धि भइरहेको बताउनुभयो ।
अर्थमन्त्री महतले विगतका दिनमा घरजग्गाको कारोबार बढे पनि अहिले घटेको बताउनुभयो । उहाँले घरजग्गामा एकै पटक धेरै लगानी गर्दा अर्थतन्त्रमा समस्या आएको बताउनु भयो। उहाँले बैंकहरुको ब्याजदर घट्दै गएको बताउनुभयो ।
अर्थमन्त्री महतले नेपाल बैंक तथा वित्तीय संस्थाका अध्यक्ष रहेको एनएमबी बैंकले केही बढाए पनि अरूको घट्दै गएको भन्दै एनएमबी बैंकलाई पनि ब्याज घटाउन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री महतले शुक्रवार बेलुका जाजरकोठमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा प्रभावितको उद्धारको लागि सरकार संवेदनशिल भएर लागेको बताउनुभयो । उहाँले बेलुकदेखि नै राज्यका सबै संरचना राहत र उद्धारमा लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयम भुकम्प प्रभावित क्षेत्रमा जानुभएको भन्दै सरकार प्राकृति रुपमा आएको विपतको उद्धारमा गम्भिर रहेको बताउनु भयो। उहाँले बेलुको समयमा भुकम्प गएकाले धेरै क्षती भएको अनुमान रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले नेपालले पटक–पटक प्राकृतिक विपत्ती भोग्दै आएको भन्दै रातह र उद्धारको लागि मुलुक एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले प्राकृतिक विपत्तीबाट बच्नको लागि दीर्घकालिन रुपमा विपत्तीको सामना गर्न तयार बस्नुपर्ने स्थिति बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्