
काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क व्यवस्था गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइने छ ।’
साथै टेलिकमले उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्