२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुद्ध एयरले भूकम्प पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने


247
Shares

काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका निम्ति बुद्ध एयरले सो रकम दिने निर्णय गरेको हो ।

यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा समेत सहयोग गर्ने पनि बुद्ध एयरले जनाएको छ । जाजरकोट तथा पश्चिम रुकुममा भूकम्पले ल्याएको विपत्तिको सामना गर्न हातेमालो गर्न तयार रहेको पनि बुद्ध एयरले उल्लेख गरेको छ ।