१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्यानले टिकटबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने


442
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप एसिया छनोटको आइतबार हुने नेपाल र ओमनबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा रकम जाजरकोट केन्द्रबिन्दू बनाएर गएराति गएको भूकम्पका पीडितहरुलाई सहयोग गरिने भएको छ ।

शनिबार बिहान एक वक्तव्य जारी गर्दै क्यानले आइतबार किर्तिपुर मैदानमा हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग गरिने घोषणा गरेको हो ।

विश्वकप छनोटको फाइनल खेल आइतबार बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ । फाइनलमा भिड्ने नेपाल र ओमन दुवै देश विश्वकपका लागि छनोट भइसकेकोले यो खेल दुबै देशको लागि प्रतिष्ठाको खेल मात्र हुने छ ।