७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भूकम्प पीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको सामाग्री पठाउने


0
Shares

काठमाडौं । चीनले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले यसबारे जानकारी दिनुभएको हो ।

साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत छनले जानकारी दिनुभएको हो । राहत सामाग्रीमा टेन्ट, कम्बललगायत रहेको जनाइएको छ । ती सामाग्री केही दिनमा नेपाल आइपुग्ने भन्दै उहाँले थप राहत पनि घोषणा गरिने बताउनुभएको छ ।

भूकम्पबाट भएको क्षतिप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि दुख ब्यक्त गर्दै नेपाल सरकारलाई पत्र पठाउनु भएको छ । राष्ट्रपति पुटिनले भूकम्प पीडितहरू तथा नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।