२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


व्याकुल माइला गोल्डकपको उपाधि दूधकौशिका विद्यालयलाई


0
Shares

ओखलढुंगा । नवौं संस्करणको व्याकुल माइला गोल्डकपको उपाधि दूधकौशिका आधारभूत विद्यालय सोक्माटारले जितेको छ ।

शनिवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६ सोक्माटारको बालेआम मैदानमा भएको फाइनल खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ लाई हराउँदै दूधकौशिकाले उपाधि कब्जा गरेको हो ।

घरेलु मैदानमा दूधकौशिकाले प्रतिष्पर्धी टीमलाई दबाबमा राख्दै ७–२ गोल अन्तरले विजयी भयो ।

योसँगै दूधकौशिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । खेलमा उपविजेता बनेको हलेसी तुवाचुङ नगरपालिका– १ ले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित गएको १३ गतेबाट सुरु भएको खेलमा २३ टीम सहभागी थिए ।