२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भूकम्पका घाइते सबैलाई निशुल्क उपचार गर्ने निर्णय : मन्त्रिपरिषद् बैठक


104
Shares

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको छ ।

आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरेको छ । सहयोग गर्ने संघ–संस्था, राजनीतिक दल, तिनका भ्रातृ संस्थाहरुले सरकारी कोषमा जम्मा गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

राहत संकलनको पहिलो केन्द्र सुर्खेत र दोस्रो नेपालगञ्ज हुने जनाइएको छ । बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकाल्दै उद्धारको काम करिब सकिएको र अब राहत वितरणमा जोड दिने भनिएको छ ।

मन्त्रिपरिषदले सहयोगका लागि विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थालाई अपिल पनि गरेको छ ।

यस्तै, बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

यसका लागि वीर, ट्रमा सेन्टर तयारी अवस्थामा राखिएको जनाइएको छ । बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायता दिने भनिएपनि निर्णय भने भइसकेको छैन ।