
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति, नियमहरु बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा नेपाल अर्थोपेडिक अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति चालिसेले स्वास्थ्यको क्षेत्रमा नेपाल अझै पछाडि रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
सभापति चालिसेले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति नियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरु संसदमार्फत कानून बनाउन लागि परिरहेको बताउनुभयो ।
सभापति चालिसेले अर्थतन्त्रको हिसावले संकटमा परिसकेको पनि बताउनुभयो । उहाँले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिनका लागि तिनै तहका सरकारहरुका बिचमा सहकार्य हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्