२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल


26
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । साना र मझौला उद्योगहरुले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले दिगोपन भविष्यको अधारशिला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अंगाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौति समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गर्नुभयो ।

राष्ट्रपति पौडेलले व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभइ सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानी कर्तालाई आह्वान गर्नुभयो । उहाँले देशको कृषि, जलश्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक श्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।