
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गर्नुभएको छ ।
जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित गर्नुभएको हो ।
राष्ट्रपति पौडेल कात्तिक २२ देखि मंसीर १ गतेसम्म फ्रान्स, जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर भ्रमण राजकीय भ्रमण भने थिएन ।
प्रतिक्रिया दिनुहोस्