१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतद्वारा दोस्रो पटक राहत सहयोग सामग्री हस्तान्तरण


182
Shares

काठमाडौं । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ ।

भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राहत सामग्रीमा अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन रहेको जनाइएको छ ।

गत आइतवार भारतले ११ टन राहत सामग्री हस्तान्तरण गरेको थियो । यस्तै चीनले उपलब्ध गराएको राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको छ ।

रसुवागढी नाका हुँदै चीनले दिएको राहत सामग्री हिजो नेपाल भित्रिएको हो ।