
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ ।
राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।
उहाँले आफ्नो युरोप भ्रमण स्थगित गरेर त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले मुलकुमा विपत्ति परेका बेला विदेश भ्रमण उपयुक्त नहुने भन्दै कात्तिक २२ देखि मंसिर १ गतेसम्मको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको हो ।
गत शुक्रवार जाजरकोटको रामिडाँडा केन्द्र भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १५७ जनाको मृत्यु भयो भने झण्डै दुईसय जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्