
काठमाडौं । चिकित्सकमाथि हातपात भएको भन्दै पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै गत शनिबार बिरामीका आफन्तले हातपात गरेपछि आन्दोलित हुदै आएका आवासीय चिकित्सकले आज अस्पतालमा सेवा ठप्प पारेका हुन् ।
पाटन अस्पतालमा उपचार गराइरहेका दुई बिरामीलाई गत शनिबार सुईबाट औषधि दिएकोमा उनीहरुको सुई लगाएको केहीबेरमै मृत्यु भएको मृतकका आफन्तको दाबी छ ।
बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । ड्युटीमा रहेका नर्सले सुईमार्फत एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेटभित्रै उनीहरुको मृत्यु भएको पीडित पक्षको दाबी छ ।
आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हातपात गर्नेहरुलाई पकाउ नगरेसम्म आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन् । उपचार सेवा रोकिंदा नयाँ तथा भर्ना भएर बसेका विरामीहरु मर्कामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्