१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प


1.547k
Shares

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै बिरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिनुभयो । उहाँले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गर्नुभयो ।

अस्पतालमा गत कार्तिक १८ गते शनिवार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरुको भनाई छ । उनीहरुले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरुलाई सरकारले कारबाही नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।