
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शान्ति प्रक्रिया चाँडो टुंग्याउने बारेमा सर्वदलीय बैठकमा नेताहरु एकमत भएको बताउनुभएको छ ।
अर्थमन्त्री महतले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु एकमत भएको बताउनुभएको हो । उहाँले संविधानलाई संस्थागत गर्नुपर्नेमा सबै नेताहरुले जोड दिनुभएको बताउनुभयो ।
अर्थमन्त्री महतले राष्ट्रिय मुद्दामा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले संघीयताको बिरोध गर्नेहरु पनि प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेकाले यसबाट टाढिने अवस्था नरहेको जिकिर गर्नुभयो ।
अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्