
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनुभयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनुभयो ।
अध्यक्ष नेपालले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्