
ओखलढुंगा । ओखलढुंगाको जिल्ला सदरमुकामसहित पूर्वी क्षेत्रमा पूर्व अरनिको प्रालिले मंगलबारबाट बस सेवा विस्तार गरेको छ ।
दुर्गम वस्तीमा गुणस्तरीय र व्यवसायिक सेवा दिने उद्देश्यले सिद्धिचरण नगरपालिकाको ओखलढुंगा सदरमुकाम र रुम्जाटार, मोलुङ गाउँपालिकाको श्रीचौर र प्राप्चा तथा चिशंखुगढी गाउँपालिकाको कुइभीर र खानीभञ्ज्याङबाट एकसाथ सेवा विस्तार गरेको हाम्रा संवादाताले जनाएका छन् ।
सदरमुकाममा सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजन खनालले उद्घाटन गर्नुभएको कार्यक्रममा पूर्व अरनिको प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले अरनिकोले दुर्घटना न्युनिकरणका सबै उपाय अबलम्बन गरिएको र दुर्घटना भइहाले विरामीलाई करोडौं खर्चेर उपचार गर्ने गरिएकाले व्यवसायिक सेवा प्रदान गरिरहेको दाबी गर्नुभयो ।
उद्घाटनलगतै आजै तीन वटा यात्रुबाहक बस काठमाडौं प्रस्थान गरेका छन् । यसअघि जिल्लाको पश्चिमी भूगोलमा सेवा दिइरहेको अरनिकोले पूर्वी क्षेत्रमो सेवा सुरु गरेपछि यस क्षेत्रमा देखिएको बढी भाडा असुल्ने, बस गन्तव्यमा हिँडेपछि बीचैमा यात्रु अलपत्र पार्नेलगायतका समस्या न्युनिकरण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्