
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ ।
बैठक बुधवार दिउँसो १२.४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत तथा मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ । एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्