
स्याङ्जा । स्याङ्जा फूलखेतीमा आत्मनिर्भर बन्दै गएको छ ।
तिहारको मुखमा बारीभरी फूल फक्रिँदा फूल कृषक पनि दंग देखिन्छन् । अहिले कालीगण्डकी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्न थालेपछि अन्य गाउँपालिकाले पनि फूलखेतीमा चासो देखाएका छन् ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा बारीभरी सयपत्री फूल ढकमक्क फुलेको छ । ६० रोपनी क्षेत्रफलमा गरिएको फूल खेती तिहार लगायतका पर्व र पूजा साथै विभिन्न कार्यक्रमका लागि तयार भएको देखिन्छ । पालिकाको आर्थिक र प्राविधिक सहयोगमा कृषकले व्यवसायिक फूल खेती गरिरहेका छन्
जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । अन्य खेतीभन्दा फुल खेती गर्न सजिलो हुने नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले बताउनुभयो ।
लसरका बेसी–२ कि पुष्पासिंह रानालाई अन्यखेती भन्दा फूलखेती सजिलो लागेको छ । बाहैमास फुलाउन सकिने र बजारसम्म पु¥याउन पनि सहज हुने भएकाले फूलखेती उनीहरुको रोजाइमा परेको हो । तिहार नजिकिएसंगै उन्को बारीमा अहिले फूल अर्डर गर्न आउनेको भ्याइनभ्याइ छ ।
कालीगण्डकी फूलैफूलको पालिका बनाउने योजना अनुरुप पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
सयपत्री फूल कृषकले बिक्री गर्न नसके बजारीकरणका लागि पालिकाले सहयोग गर्दे आएको छ । पालिकाले स्थानीय बजारका साथै बुटवल, पोखरा र काठमाडौं लगायतका ठुला बजारमा केन्द्रित गरेर फूलखेती जोडदिएको कालीगण्डकी गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले बताउनुभयो ।
गाउँपालिकाभित्र किसान र विभिन्न समुहले विद्यालयको ४५ रोपनीमा र गाउँपालिकाले १५ रोपनीमा फुल खेती गरेको जनाएको छ । किसानलाई प्रतिरोपनी नौ हजार अनुदान दिँदै आएको र बजारको कुनै समस्या नरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
फूलको बजार दिनदिनै बिस्तार भइरहेका बेला नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न सकेमा सयपत्री फूलको व्यावसायिक खेतीबाट प्रशस्त आम्दानी लिन सकिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्