
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
नेकपा एमालेको पार्टी मुख्यालय च्यासल ललितपुरमा बसिरहेको बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानलगायतका विषयमा छलफल भईरहेको छ ।
एमाले नेता सुरेन्द्र पाण्डेले बैठकमा बैतडीको झुलाघाटदेखि पाँचथरको चियो भंज्यांगसम्म यात्राको तयारीबारे पनि छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्