
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण शिविर सम्पन्न भएको छ ।
सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको तिन दिने प्रशिक्षण शिविरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिनुभएको थियो ।
अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो ।
मधेश प्रदेश समितिको पार्टी स्कूल तथा प्रशिक्षण विभागको आयोजनामा गरिएको उक्त प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधि गरी १६० जना सहभागी रहेको मधेश प्रदेशका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्