१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


महोत्तरीबाट पाँच किशोरी बेपत्ता


754
Shares

काठमाडौं । महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरु गत मंगलबार दिउँसो साढे ११ बजेदेखि एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको उनीहरुका परिवारले जनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

पाँचै जना किशोरीहरु योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । तर उनीहरुको रहेको लोकेसन अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।