काठमाडौं । गत मंगलबारदेखि बेपत्ता भएका महोत्तरीका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् ।
उनीहरु धनुषाको ढल्केबरमा फेला परेका हुन् । उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएपछि अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
उनीहरुका अभिभावक आएपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस्