१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र सकारात्मक : गभर्नर अधिकारी


91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको साधारणसभा तथा सम्मेलनका अवसरमा उक्त कुरा बताउनुभएको हो ।

गभर्नर अधिकारीले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भुकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताउनु भयो ।

उहाँले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्र लयमा आउन सफल भएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताउनु भयो ।

उहाँले राष्ट्र बैंकको अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनका कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको बताउनु भयो । उहाँले बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताउनु भयो ।

उहाँले यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको बताउनु भयो । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकले महँगीको सामना गरेको उहाँलेु भयो ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको तर्क पनि गर्नुभयो ।