८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजार दोहोरो अंकले गिरावट


455
Shares

काठमाडौं । बिहीबार शेयर बजार घटेको छ ।

पछिल्ला तीन दिन लगातार सामान्य अंकले सुधारिएको बजार बिहीबार ११ अंकले ओरालो लागेको हो ।

बजार परिसूचक नेप्से बिहीबार १८ सय ५२ मा थामिएको छ । बिहीबार ५७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

बिहीबार सबै उपसमूह घटेर बन्द भए । सबैभन्दा धेरै वित्त, जीवन बीमा र अन्य समूह १ प्रतिशतले घटेका छन् ।

घटेको बजारमा कारोबार रकम भने बढेको छ । बिहीबार २ सय ८२ वटा कम्पनीको २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयामा खरीद विक्री भएको हो । बिहीबार सयपत्री हाइड्रोका लगानीकर्ताले सर्वाधिक झण्डै ७ प्रतिशत कमाएका छन् भने माउनटेन इनर्जीका लगानीकर्ताले साढे ६ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

कारोबार रकमको आधारमा बिहीबार सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।