२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता


117
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा राष्ट्रपतिले हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

साथै राष्ट्रपति पौडेलले विपद्पछिको पुनरोत्थान र पुनर्निर्माणका लागि चिनियाँ सहयोगको प्रशंसा समेत गर्नुभयो ।