९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देश अझै आर्थिक दवावमा : प्रधानमन्त्री दाहाल


364
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दवावमा रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दवाव कायम रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताउनुभयो । उहाँले देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक दवाव चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।