१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार एक्लैले देश विकास गर्न सक्दैन : चन्द


234
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताउनुभएको छ ।

बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो बताउनुभएको हो । उहाँले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गर्नुभयो । उहाँले भाषण कला एउटा राजनीतिक हतियार भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले जनताले सक्रिय भइ देश विकासका लागि काम गर्नुपर्ने बताउनुभयो ।