
काठमाडौं । मुगु सामुहिक हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेमा मृतकका आफन्तनै रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण र हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
गत कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्