१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन सुरु गछौं : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर २०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताउनुभयो । उहाँले राजस्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताउनुभयो । उहाँले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताउनुभयो ।