५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


गृहमन्त्री श्रेष्ठ-चिनिया कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच भेटवार्ता


143
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता भएको हो ।

गत बुधबार नेपाल भ्रमणमा आउनु भएकाउहाँले यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसक्नु भएको छ ।

उहाँले शिष्टाचार भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतीहरु कार्यान्वयनमा जोड दिनु रहेको बताउँदै आउनुभएको छ ।