१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तिहारसँगै धनगढीका सडकमा स्मार्ट बत्ती जडान


0
Shares

काठमाडौं । धनगढीका सडक अहिले झिलिमिली देखिन्छन् । स्मार्ट सडकबत्ती जडान भएसंगै मुख्य सडकहरु झिलिमिली हुँदा तिहारलाई स्वागत गरेझै देखिन्छ ।

धनगढीको मोहना–अत्तरिया ६ लेन सडकखण्डको चौराहा भन्सार सडकखण्डमा सडक बत्ती जडान गरेसंगै रातमा झिलिमिली देखिन्छ । मोहनादेखि गेटासम्म पुर्ण रुपमा सडकबत्ती जडान भइसकेको छ ।

धनगढीको क्याम्पसरोड क्षेत्रमा सडक बत्तीसंगै शहरी क्षेत्रमा जडान गरिएका हाइमास्क लाइटहरुको चमकले अहिले उपमहानगरको शोभानै बढादिएको छ । उपमहानगरले सडक चौडा गर्नेदेखि हरियाली अभियानमा नागरिकसँग सक्दो सहकार्य रहेको छ । उज्यालो धनगढी अभियानलाई उपमहानगरबासीले पनि स्वागत गरेका छन् ।

सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सडकबत्तीको उद्घाटन गरेसंगै यहाँका सडक पूर्णरुपमा उज्यालो बन्दै गएका छन् । धनगढीकै क्याम्पसरोडदेखि मनेहरा सडकखण्डमा समेत स्मार्ट सडकबत्ती जडान गरिएको छ ।

धनगढी उपमहानगरको उज्यालो धनगढी अभियानअन्तर्गत तेश्रो चरणको स्मार्ट सडकबत्ती जडान कार्यक्रम सकिएसंगै यहाँका अध्यारा सडकहरु उज्यालो बन्दै गएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले सुन्दर धनगढी बनाउन हरियाली अभियान अन्तर्गत हरेक सडक छेउमा यसरी बृक्षारोपण समेत गरीएको छ । जनमुखी काम गर्दै चर्चामा रहेको उपमहानगरसंग प्रदेश सरकारले हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ ।

भौतिक पुर्वाधारका क्षेत्रमा ठुलो बजेट खन्याएको दावी गर्दै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सुन्दर र विकसित धनगढी बनाउन सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रदेशको अस्थाइ राजधानी समेत रहेको धनगढीमा पछिल्लो समय सञ्चालित विकासका योजनाले निकट भविष्यमै देशकै विकसित शहरका रुपमा परिचय बनाउने नै छ ।

नागरिकको विश्वासलाई पूर्णता दिन स्थानीय तह र प्रदेश सरकार पनि प्रतिबद्ध भएर अगाडी बढ्न सके साच्चै अहिले धनगढीको झिलिमिली शहरबाट अन्यले पनि सिक्न सक्नेछन् ।
बिराज रोस्यारा