
web pic
काठमाडौं । पूर्वी नवलपरासीमा आइतबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका बौदीकाली गाउँपालिका–६ माझडाडाँका चालक छनबहादुर आलेलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाईएको छ । मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्