२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासी जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ७ पुग्यो


1.339k
Shares

काठमाडौं । नवलपरासीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ सात पुगेको छ ।

गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जीप चालक बौंदीकाली गाउँपालिका-६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की, बुलिङटार(४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ ।

दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा दुर्घटनामा परेको थियो ।