१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगर र फुटपाथ व्यापारीबीच सामान तानातान


1.352k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । काठमाडौं महानगरपलिका र फुटपाथमा व्यापार गर्नेहरुबीचको सामान तान्ने गरेको कसैका लागि नौलो होइन । महानगरले फुटपाथमा व्यापार गर्दा पैदलयात्रीलाई सकस नहोस् र व्यवस्थित शहर बनाउनका लागि चालेको अभियान तारिफयोग्य भएता पनि चाडबार्डका बेलामा देखिने यस्ता कार्यप्रति आम नेपालीको मन दुखाईको विषय हो ।

राजधानीको नयाँ सडकमा तिहारका लागि व्यापार व्यवसाय गर्दै आएका व्यापारी र काठमाडौं महानगरपालिकाका प्रतिनिधीबीचको सामान लुछाचुंडीको । हाम्रो टोली आइतबार एका बिहानै नयाँ सडक पुग्दा तिहारका लागि किनमेल गर्नेको भीड थामिनसक्नु थियो । यद्दपी तोकेको समय भन्दा बढी समय व्यापार गर्नेहरुलाई महानगरको टोलीले पटक पटक सचेत त तुल्यायो तर व्यापारीहरु भने तिहारको समयमा छुट दिए हुन्थ्यो भन्ने मनस्थितीका साथ व्यापार गर्नमा व्यस्त थिए ।

दुई पक्षबीच जुहारी चल्दा महानगरपालिकाको टोलीले केही सामान भने साथमा लग्न भ्याए भने कोही भने भागाभाग भए । यिनीहरुको लुछाचुंडीलाई नजिकबाट नियालिरहेका आम उपभोक्ता भने चाडबार्डका बेला केही छुट दिनुपर्ने भन्दै असन्तुष्टी पोखेका थिए ।

त्यसो त व्यापारीहरु पनि के कम महानगरको गाडी आउँदा आफ्ना सामान बोकेर भागे जस्तो गर्ने जब महानगरको टोली ओझेलमा पर्छन पुनः सोही स्थानमा फर्कन्छन् । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गरी देउसी भैलोको समय थप गर्दा वाहवाही त कमायो तर नयाँ सडक र आसपासको क्षेत्रमा व्यापार गर्नेहरुका लागि समय अवधि नबढाउँदा र व्यापार गर्न नदिदा व्यापारीहरुको चित दुखाई छ ।